न्यूनतम १० हजार रुपैयाँमै बीमा गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

न्यूनतम १० हजार रुपैयाँमै बीमा गर्न सकिने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन शुभारम्भ जीवन बीमा’ नामक नयाँ बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले गरिबीको रेखामुनि रहेका नागरिकलाई समेत समेट्ने गरी न्यूनतम १० हजार रुपैयाँमै बीमा गर्न सकिने नयाँ योजना बजारमा ल्याएको हो ।

यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई डबल सुरक्षा प्रदान गर्ने छ । जस अन्तर्गत बीमितहरुले साधारण मृत्युमा बीमाङ्कको डबल रकम र दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा भुक्तानी पाउने छन् । जस्तै, ५ लाखको बीमा गर्दा साधारण मृत्युमा १० लाख र दुर्घटना भई मृत्यु भएमा १५ लाख रुपैयाँ बीमालेखमा इच्छाएको व्यक्तिलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

साथै, स्थायी पूर्ण अशक्तता लाभ, बीमा शुल्क छुट लाभ, मासिक आयलाभ, काजक्रिया खर्च सुविधा तथा ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा पाइने छ ।

कम्पनीका अनुसार ५ देखि ६५ बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । बीमा अवधि ५ देखि ३५ बर्ष रहेको यस योजनामा बीमा लेख परिपक्व बखत अधिकतम उमेर ७० वर्ष तोकिएको छ । त्यस्तै, न्यूनतम बीमाङ्क रकम १० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमितको आयको आधार सहित कम्पनीको जोखिममाङ्कको नीतिअनुसार जति पनि गर्न सकिने इन्स्याेरेन्सले जानकारी दिएकाे छ ।

प्रकाशित : २३ कार्तिक २०७६, शनिबार १६:००