ग्लोबल आइएमई लघुवित्तले कति दिने भयो लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई लघुवित्तले कति दिने भयो लाभांश



काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले सातौ वार्षिक साधारण सभा मंसिर ९ गते बोलाएको छ । कम्पनीको कात्तिक १७ गतेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।


सभामा प्रस्तावित ३५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव ८४ प्रतिशत नगद लाभांश सहित वार्षिक प्रतिवेदन पारित, लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने कार्यक्रम छ ।

साथै सञ्चालक समितिले सिफारिस गरे बमोजिम १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावमाथि पनि सभामा छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित : १८ कार्तिक २०७६, सोमबार १२:५१