दुई वित्तीय संस्थालाई मर्जरको स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई वित्तीय संस्थालाई मर्जरको स्वीकृति



काठमाडाै । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले दुइ वित्तीय संस्थालाई मर्जरको स्वीकृति दिएको छ।

राष्ट्र बैंक सञ्चालक समितिले तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एकआपसमा मर्ज भई संयुक्त कारोबारका लागि अन्तिम स्वीकृति दिएको छ।

अब तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी आफ्नै नामबाट संयुक्त कारोबार गर्न बाटो खुलेको छ ।

त्यसैगरी राष्ट्र बैंक संचालक समिति बैठकले मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि सहमति दिइएको छ ।

प्रकाशित : १७ कार्तिक २०७६, आईतवार १९:०९