महालक्ष्मी विकास बैकलाई साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

महालक्ष्मी विकास बैकलाई साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । साउथ एसिएन फेडेरेशन अफ अकाउन्टेन्ट्स (SAFA) द्धारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुको पारदर्शिता, जवाफदेहिता र सुशासनमा सुधार गर्ने हेतुले वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड (SAFA Best Presented Annual Report Award)– २०१८ महालक्ष्मी विकास बैक लिमिटेडले प्राप्त गर्न सफल भएको छ । उक्त अवार्ड नोभेम्बर ३०, २०१९ तारिखमा बङगलादेशको ढाकामा एक समारोहका बिच प्रदानगरिने भएको छ ।


नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था (ICAN) द्धारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड (Best Presented Annual Report (BPA) Award) – २०१८ प्राप्त गरे लगत्तै बैंकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड – २०१८पनि प्राप्त गर्न लागेको हो । आगामी दिनहरुमा पनि संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनमा अभिवृद्घि गरी अझै उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गर्नसधै प्रयासरत रहने बैंकले जनाएको छ ।

प्रकाशित : १७ कार्तिक २०७६, आइतबार १८:४६ 3 November, 2019 6:46 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।