मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । मेगा बैंक नेपालले प्रस्ताव गरेको ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पाउन कात्तिक १४ गते बिहीबारसम्म शेयर कायम गर्नुपर्ने भएको छ । बैंकले लाभांश पारितका लागि कात्तिक २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त सभा प्रयोजनका लागि कात्तिक १५ गतेदेखि बुक क्लोज गर्न लागेकाले कात्तिक १४ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।


गत वर्ष बैंकले १ अर्ब ७१ करोडभन्दा बढी खुद नाफा गरेको थियो । त्यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ३५ करोडभन्दा बढी थियो । प्रतिशेयर आम्दानी १६ दशमलव ५५ रुपैयाँ रहेको यस बैंकको चुक्तापूँजी  १० अर्ब ३८ करोड ८६ लाख २१ हजार छ ।

गत वर्ष यस बैंकले ६ दशमलव ८५ प्रतिशत नगद लाभांश र १ दशमलव ०००२३३ प्रतिशत बोनस शेयर दिएको थियो । गत वर्षभन्दा यस वर्ष मेगाको लाभांश बढेको छ ।

प्रकाशित : १४ कार्तिक २०७६, बिहीबार १०:५१