जनता बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जका विषयमा आज पुनः सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जका विषयमा आज पुनः सम्झौता



काठमाडौ । जनता बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जका विषयमा आज पुनः सम्झौता भएको छ । सम्झौताअनुसार आगामी मंसिर २ गते दुवै बैंकले साधारणसभा गर्ने र मंसिर २५ गतेभित्र एकीकृत कारोबार गर्ने सम्झौता भएको जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले जानकारी दिए ।

रायमाझीका अनुसार मर्जरपछि बैंकको अध्यक्ष ग्लोबल आइएमईको हुने र सीईओ जनता बैंकको रहेछन् । त्यस्तै कर्मचारी समायोजनका सन्दर्भमा हाल दुवै बैंकमा कार्यरत कर्मचारीहरुको तत् पद र सेवा सुविधामा नै कायम रहने सम्झौता भएको छ ।

गत असार २० गते ग्लोबल आइएमई र जनता बैंक बीच मर्जरमा जाने लिखित सहमति भएको थियो । दुबै बैंकका अध्यक्षले मर्जरमा जाने विषयमा हस्ताक्षर गरेका थिए । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले सहमति पत्रमा हस्ताक्षर थिए ।


कर्मचारी व्यबस्थापनका विषयमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले असन्तुष्टी व्क्त गरेपछि पुनः सम्झौता भएको बताएको छ ।

चार महिनामा मर्ज प्रक्रिया सम्पन्न गर्ने भनि सहमति भएपनि अहिले जनता बैंकको व्यबस्थापनले कर्मचारी समायोजनको विषयलाई लिएर असन्तुष्ट देखिएको छ । सम्पत्ति तथा दायित्व मूल्यांकनपछि शेयर आदान प्रदान अनुपात कायम गरिने भएपनि प्रारम्भिक मूल्यांकनमा जनतालाई एक शेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भएको छ ।

प्रकाशित : ८ कार्तिक २०७६, शुक्रबार १९:३९