सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा मंसिर ३ गते हुने भएको छ ।

कम्पनीको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।


साधारण सभाको आईपीओ जारी गर्ने प्रस्ताव रहेको छ । कम्पनीले ६० करोड बराबरको आईपीओ जारी गर्नेछ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड छ । आईपीओ निष्कासन पश्चात पूँजी बीमा समितिले लाइफ इन्स्योरेन्स कम्पनीलाई तोकेको २ अर्ब पुग्नेछ ।

प्रकाशित : ८ कार्तिक २०७६, शुक्रबार १५:५०