मुक्तिनाथ विकास बैंकले शेयरधनीलाई १८.५३ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकले शेयरधनीलाई १८.५३ प्रतिशत लाभांश दिने



काठमाडाै । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १८.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक ७ गते सम्पन्न बैठकले हालै निष्काशन गरेको २० प्रतिशत हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंक संचालक समितिको कात्तिक ७ गते बसेको बैठकले हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले भदौ १२ गतेदेखि चुक्ता पूँजीको २० प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गरेको थियो।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रकाशित : ८ कार्तिक २०७६, शुक्रबार १३:२७