सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश पारित



काठमाडाै । सिद्धार्थ बैंक १८ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । बैंकको कार्तिक ७ गते बिहिबार सम्पन्न साधारण सभाले २५.२६ प्रतिशत लाभांश पारित गरेको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी ८ अर्ब ८६ करोड रुपैयाँको १० प्रतिशत बराबरको ८६ करोड ८७ लाख रुपैयाँ बराबरको बोनस शेयर र १५.२६ प्रतिशत बराबरको एक अर्ब ३५ करोड रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धको सम्पूर्ण आवश्यक काम सञ्चालक समितिलाई पूर्ण रुपमा सुम्पिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएकोे थियो ।

बैंकले असोज सम्ममो १२४ अर्ब निक्षेप संकलन गरी ११३ अर्ब कर्जा लगानी गरेको छ ।

प्रकाशित : ८ कार्तिक २०७६, शुक्रबार ०८:१८