यी चार कम्पनीले आज गर्दै छन साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यी चार कम्पनीले आज गर्दै छन साधारणसभा



काठमाडाै । सिद्धार्थ बैंक सहित नेप्सेमा सुचिकृत ४ वटा कम्पनीले आज कार्तिक ७ गते साधारणसभा गर्दै छन् । सिद्धार्थ सहित आशा लघुवित्त, युनिलिभर नेपाल र ओरियन्टल होटेलले साधारणसभा गर्न लागेका हुन् ।

बैंकको सभा भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा हुने छ । सभामा बैंकले लाभांश सहितका ११ प्रस्ताव पेश गर्ने छ । बैंकले आर्थिक वर्ष ७५/७६ को मुनाफबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले १० प्रतिशतले हुन् आउने ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ रुपैयाँ बराबरको बोनस शेयर र १५.२६ प्रतिशतले हुन् आउने १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्ता पूंजी ८ अर्ब ८८ करोड ७६ लाख रहेको छ ।

त्यस्तै आशा लघुवित्तले नुवाकोटको फल एण्ड ट्राउट भिलेज होटेलमा सभा आह्वान गरेको छ । सभामा लाभांश लगायतका ९ वटा प्रस्ताव पेश हुने छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनश शेयर र त्यसको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछी शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् । गत आर्थिक वर्षमा आइपीओ निष्कासन गरेर २० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको लघुवित्तको बोनश शेयर पश्चात २३ करोड २२ लाख ८८ हजार पुग्नेछ ।

सभामा २ जना संचालकको निर्वाचन गर्ने, मर्जरको लागि आवश्यक निर्णय गर्ने अधिकार संचालक समितिलाई अख्तियार दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

त्यस्तै युनिलिभरले सिल्भर ओक ब्यांक्वेट गैरीधारामा सभा आह्वान गरेको हो । लघुवित्तले ७७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । ओरियन्टल होटेलको सभा जावलाखेल स्थिति स्टाफ कलेजमा हुने छ । होटेलले १०.७९ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।

प्रकाशित : ७ कार्तिक २०७६, बिहीबार ०९:२५