मेरो माइक्रोफाइनान्सले गर्यो साधारणसभाको आह्वान, ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव लैजादै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मेरो माइक्रोफाइनान्सले गर्यो साधारणसभाको आह्वान, ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव लैजादै



काठमाडाै । मेरो माइक्रोफाइनान्सले कम्पनीले कर्तिक २९ गते साधारणसभा आह्वान गरेको छ ।

सभामा लाभांश सहितका विभिन्न ८ प्रस्ताव पेश हुने छन् । कम्पनीको संचालक समितिको बैठकले लगानीकर्तालाई कुल ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभंँाश गरि कुल ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै कम्पनीले मर्जर र प्राप्तिको लागि आवश्यक निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्ने छ । सभामा सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने गरि एक जना संचालकको निर्वाचन समेत हुने छ ।

सभा प्रयोजनको लागि कम्पनीले कार्तिक २० गते देखि बुक क्लोज गर्ने भएको छ । कार्तिक १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । शुक्रबार नुवाकोटको विदुर स्थित होटेल वाटर टावरमा सभा आह्वान गरेको हो ।

प्रकाशित : ६ कार्तिक २०७६, बुधबार १५:३२