इन्फीनीटी लघुवित्तको लाभांश संशोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्फीनीटी लघुवित्तको लाभांश संशोधन



काठमाडाै । इन्फीनीटी लघुवित्तको लाभांश संशोधन भएको छ । कम्पनीले यस अघि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर राष्ट्र बैंकको निर्देशन भन्दै अब कम्पनीले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त प्रस्ताव राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २० करोड ७४ लाख रहेको छ ।

प्रकाशित : ६ कार्तिक २०७६, बुधबार ११:५८