सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति



सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई .३ अर्ब रकम बराबरको ऋणपत्र जारी अनुमति दिएको हो ।

अब बैंकले एक हजार अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको ऋणपत्र निष्काशन गर्ने छ । यस ऋणपत्रमा अर्ध बार्षिक रुपमा भुक्तान हुने गरी वार्षिक १०.२५ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ । बैंकले १२ लाख कित्ता बराबरको एक अर्ब बिस करोडको ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्ने छ । बाँकि १८ लाख कित्ता बराबरको एक अर्ब अस्सी करोडको ऋणपत्र परिपत्र विधि अर्थात् प्राइभेट प्लेसमेन्ट बाट संस्थागत÷व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिने बैंकले जनाएको छ ।

यस ऋणपत्र निष्काशनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ । ऋणपत्रले केयर एनपी ए माइनसको रेटिंग पाएको छ जसले न्युन कर्जा जोखिम जनाउछ ।

ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३,००,००० कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जनाएको छ ।

प्रकाशित : ४ कार्तिक २०७६, सोमबार १२:०८