नेप्से चार दशमलव ०३ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से चार दशमलव ०३ अंकले घट्यो



काठमाडाै । आइतबार सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से चार दशमलव ०३ अंकले घटेर एक हजार १३७ दशमलव ७५ कायम भयो भने कारोबार रकम घटेर ११ करोड ३३ लाख रुपियाँ बराबरमा सीमित भयो । आज धेरै कारोबार गर्नेमा प्रभु बैंक अगाडी रहेको छ ।

जसको कारोबार १० लाख ९४ हजार रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एभरेष्ट बैंक नेपाल प्रमोटर सेयर रहेको छ । जसको कारोबार ७ लाख ३५ हजार रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज म्युचल फण्ड समूहको सुचकमा तीन प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने बाँकी सबै समूहका सुचकमा शुन्य प्रतिशतभन्दा बढी अंकको गिरावट आएको देखिन्छ छ । आज सबै समूहको सुचक राताम्मे छ ।

\त्यसैगरी, धेरै फाइदा खानेमा एनआइबीएल प्रगती फण्डका लगानीकर्ता अगाडि छन् । फण्ड ३.८४ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, घाटा खानेमा सिनर्जी पावरका लगानीकर्ता रहेका छन् । हाइड्रोपावर ५ दशमलब ३३ प्रतिशतले घाटामा गएको छ ।

प्रकाशित : ३ कार्तिक २०७६, आईतवार १६:०९