सनराइज बैंकको१२औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको१२औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम



काठमाडौं । सनराइज बैंकले १२औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । ‘समृद्घ नेपालको सहयात्रामा सनराइज बैंक ‘हामी सँगसँगै’भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

सो प्रभातफेरी कार्यक्रम केन्द्रीय कार्यालय गैरीधाराबाट शुरु भइ नक्साल भगवती, कमलपोखरी, कमलादी गणेश मन्दिर, रत्नपार्क, दरबारमार्ग, नागपोखरी हुँदै पुनः गैरीधारामा आएर समापन भएको थियो ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु दीपक नेपाल र शारदा शर्मा पुडासैनी, बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललगायत करिब ५०० कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रकाशित : ३ कार्तिक २०७६, आईतवार ११:३३