मेगा बैंकले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंकले बोलायो साधारणसभा



काठमाडाै । मेगा बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले कार्तिक २९ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा स्वाहा आह्वान गरेको हो ।

सभामा लाभांश, मर्जर सहितका विभिन्न ८ प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७५/७६ सम्मको मुनाफाबाट र वितरणयोग्य अन्य कोषबाट लगानीकर्तालाई चुक्ता पुँजीको ११.७५ प्रतिशत हुन् आउने नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकले ११.७५ प्रतिशतले हुन् आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ४८ करोड रहेको छ । बैंकले २ अर्ब ७५ करोड पुँजी भएको गण्डकी विकास बैंकलाई गाभ्ने सम्झौता पनि गरेको छ । त्यस्तै बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा प्राप्ति सम्बन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गर्ने छ ।

कार्तिक १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रकाशित : १ कार्तिक २०७६, शुक्रबार ११:०९