विचार गर्नुहोस् है यी कम्पनीको ठगीमा तपाई पनि पर्नुहोला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विचार गर्नुहोस् है यी कम्पनीको ठगीमा तपाई पनि पर्नुहोला



काठमाडौं । भारतीय नेटवर्किङ कम्पनी ओरियन्सको सदस्य बनेर ठगिएका नेपालीको फेहरिस्त जिल्ला प्रहरी कार्यालय, बर्दियाले संकलन गरिरहेको छ।

ओरियन्सबाट ठगिएका केही प्रहरीको सम्पर्कमा आइसकेका छन्। ठगिएको भन्दै उनीहरूले दिएको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीको सूचीमा ओरियसन्को धेरै सदस्य बनाएर ‘फाइभ डाइमन्ड’ पदसम्म पाएका पनि छन्।

बाँके, बर्दिया, कैलाली कन्चनपुर, महोत्तरी, झापा, मोरङसम्म सञ्जाल फैलाएको ओरियन्सले बेराजगारलाई छोटै समयमा धनी बन्ने सपना देखाएर लाखौं रुपैयाँ असुली ठगीधन्दा चलाइरहेको पीडितहरूले बताएका छन्। सीमावर्ती जिल्लाका गाउँबस्तीमा ओरियन्सको सञ्जाल फैलिएको छ।

ओरियन्सले छोटो समयमा धेरै सदस्य बनाउनेलाई भारतमा अर्पाटमेन्टसहित कमिसनबाहेक मासिक ४० लाख रुपैयाँ तलब दिने भनेर बेरोजगार युवालाई यो धन्दामा लगाएको तथ्य फेला परेको छ।

उसले नेपालको पश्चिम क्षेत्रका युवालाई भारतको लखिमपुरमा लगेर तालिम दिई सदस्य बनाइरहेको छ। ओरियन्सको मुख्यालय चेन्नईमा रहेको खुलेको छ।

कम्पनीले धेरै सदस्य बनाउनेलाई भारतमा अपार्टमेन्ट, कमिसन र मासिक ४० लाख रुपैयाँ तलब दिने प्रलोभन देखाएर सुरुमा सदस्य बनाउने र पछि उनीहरूबाटै सदस्यता बढाउन लगाई लाखौं रुपैयाँ उठाएर ठगी गर्दैै आएको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए।

ऋण लिएर, जग्गा धितो राखेर, सम्पति बेचेर ओरियन्सको सदस्य बनेका नेपाली यतिखेर आफू ठगिएको चाल पाएपछि बिचल्लीमा छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित : १ कार्तिक २०७६, शुक्रबार ०८:०९