सिटिजन लाइफले आइपीओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन लाइफले आइपीओ निष्काशन गर्ने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड रुपैयाँको शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको असोज २९ गते, बुधबार दोश्रो वार्षिकसाधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।

उक्त सभामा सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल हुनुका साथै विभिन्न प्रस्तावहरु पारित भएका छन् । पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४÷०७५ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ ।

त्यसैगरी उक्त सभामार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

सभाबाटै कम्पनीकोे सञ्चालक समितिको रिक्त एक पदमा दिपप्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : ३० आश्विन २०७६, बिहीबार १६:५४