सिभिल क्यापिटल मार्केटले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल क्यापिटल मार्केटले लाभांश दिने



काठमाडौं । सिभिल क्यापिटल मार्केटको एघारौं साधारण सभा कात्तिक २२ गते हुने भएको छ । कम्पनीले कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । 


सञ्चालक समितिको एघारौं वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको विषयमा छलफल गर्न बैंकले सभा बोलाएको हो ।


कम्पनीले गत आवको संचित मुनाफाबाट शेयरधनीहरुका लागि कम्पनीले चुक्तापूँजीको ३ दशमलव १६ प्रतिशत (कर सहित) नगद लाभांशको प्रस्ताव गर्ने भएको छ । 

प्रकाशित : ३० आश्विन २०७६, बिहीबार १६:१७