सानिमा बैंकको साधारण सभा आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकको साधारण सभा आज



सानिमा बैंकको साधारण सभा आज बस्दै छ । नक्साल ब्यांकेट, नाराणचौर, काठमाडौंमा बुधबार ११ बजेबाट सुरु हुने छ ।

सभामा बैंकले २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बैंकले गत वर्षको नाफाबाट ११.०५२प्रतिशत नगद र १०प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १३ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । असोज १२ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

सभामा २०७५–७६ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाबकिताब प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

आगामी वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । कुनै उपयुक्त बैंक वा वित्तीय संस्थामा मर्जर वा एक्विजिसनमा जानु परेमा आवश्यक सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि हुनेछ ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार १०:३४