यी हुन लाभांश घोषणा गर्ने बीमा कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यी हुन लाभांश घोषणा गर्ने बीमा कम्पनी



काठमाडौं । सञ्चालनमा रहेका ६ ओटा बिमा कम्पनीले लाभांश घोषणा गरेका छन । नयाँ आर्थिक वर्ष सुरु भएपछि बीमा कम्पनीहरुले लाभांश घोषणा गर्न थालेका हुन ।

नेपाल धितोपत्र बोर्डका अनुसार ६ ओटा बीमा कम्पनीहरुले लाभांश निष्कासनका लागि अनुमति मागेका छन । बोर्डका अनुसार सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी तथा आईएमई जनरल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन ।

चालू आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र लाभांश घोषणा गर्नुपर्ने व्यवस्था छ । बीमा कम्पनीहरुमा सबैभन्दा बढी लाभांश सगरमाथा इन्स्योरेन्स कम्पनीको छ ।

सगरमाथाले ८६ प्रतिशत अर्थात ४६ करोड २९ लाख ३१ हजार रुपैयाँको लाभांश घोषणा गरेको हो । त्यस्तै, सबैभन्दा कम लाभांश घोषणा गर्ने बिमा कम्पनीमा आईएमई जनरल इन्स्योरेन्स छ । यस कम्पनीले ५ प्रतिशतबराबरको ४ करोड ८६ लाख रुपैयाँ लाभांश घोषणा गरेको छ ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्स कम्पनीले ८४ प्रतिशत लाभांश दिन लागेको छ । यस कम्पनीले ४९ करोड ५ लाख ६० हजार रुपैयाबराबरको लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले २५ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सले १५.४८ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीले आफ्ना लगानीकर्तालाई १३ करोड ४० लाख ८१ हजार ६ सय ५० रुपैयाँबराबरको लाभांश घोषणा गरेको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १२ प्रतिशत लाभांश दिन लागेको छ । यस कम्पनीले १३ करोड ५८ लाख २८ हजार रुपैयाबराबरको लाभांश दिन लागेको हो ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार ०७:३९