सानिमा बैंकले २१ प्रतिशत लाभांश दिँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकले २१ प्रतिशत लाभांश दिँने



काठमाडौं । सानिमा बैंकले असोज २९ गते १५ औं वार्षिक साधारण सभा हुने भएको छ । साधारण सभामा गत आवको मुनाफाबाट प्रस्तावित ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरको प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यक्रम तय भएको छ ।


बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजी८ अर्ब १२ लाख ५५ हजारलाई वृद्धि भई ८ अर्ब ८० करोड १३ लाख ८० हजार बनाउन प्रबन्धपत्र संशोधनको प्रस्ताव समेत सभाको लागि तय भएको छ । सभा प्रयोजनका लागि बैंकले असोज १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलवार १२:४०