माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २१औँं वार्षिक साधारण सभा शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये, चुक्तापूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, साधारणसभाले माछापुच्छ«े बैंक लि. र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न÷गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपंैया संचित छ ।

माछापुछ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानवाट ७ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १६२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

प्रकाशित : २४ आश्विन २०७६, शुक्रबार १६:३२