स्वावलम्बन लघुवित्तले गर्यो आकर्षक लाभांशको प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

स्वावलम्बन लघुवित्तले गर्यो आकर्षक लाभांशको प्रस्ताव

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरूलाई आकर्षक लाभांश प्रस्ताव गरेकाे छ। लघुवित्त संस्थाले २६ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको हाे।

लघुवित्त संस्थाको सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत कर सहितको नगद लाभांश दिने प्रस्ताव गरेको हो।

संस्थाको हाल चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँमा गत आर्थिक वर्ष सम्मको वितरणका लागि उपलब्ध रकमबाट शेयरधनीहरुलाई उक्त लाभांंश वितरण गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने लघुवित्त कम्पनीले जनाएको छ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृती पाएर लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले प्राप्त गर्नछन्।

प्रकाशित : १६ आश्विन २०७६, बिहिबार १२:४४ 3 October, 2019 12:44 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।