काठमाडाै । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरूलाई आकर्षक लाभांश प्रस्ताव गरेकाे छ। लघुवित्त संस्थाले २६ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको हाे।
लघुवित्त संस्थाको सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत कर सहितको नगद लाभांश दिने प्रस्ताव गरेको हो।
संस्थाको हाल चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँमा गत आर्थिक वर्ष सम्मको वितरणका लागि उपलब्ध रकमबाट शेयरधनीहरुलाई उक्त लाभांंश वितरण गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने लघुवित्त कम्पनीले जनाएको छ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृती पाएर लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले प्राप्त गर्नछन्।










Comment