धितोपत्र बोर्डका अध्यक्ष, निर्देशक तथा उपकार्यकारी निर्देशकलाई लगाम लाउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

धितोपत्र बोर्डका अध्यक्ष, निर्देशक तथा उपकार्यकारी निर्देशकलाई लगाम लाउने तयारी



काठमाडाै । अब देखि नेपाल धितोपत्र बोर्डको अध्यक्ष भइसकेको व्यक्ति कुनै पनि सूचीकृत संगठित संस्था तथा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थामा काम गर्न नपाउने भएका छन् । बोर्डले शंसोधन प्रस्ताव गरेको धितोपत्रसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ ।

निर्देशक तथा उपकार्यकारी निर्देशकलाई दुई बर्षको कुलिङ्ग पिरियड

बोर्डका कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकलाई दुई बर्षको कुलिङ्ग पिरियडको लाग्ने भएको छ । कार्यकारी निर्देशक तथा उप कार्यकारी निर्देशक अवकाश प्राप्त भएको दुई वर्षसम्म कुनै सूचीकृत संगठित संस्था तथा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थामा काम गर्न नपाउने विद्येयकमा व्यवस्था गरिएको छ । विद्येयक अर्थमन्त्रालयले सङ्‍घीय संसदमा पेस गरेको छ

प्रकाशित : १५ आश्विन २०७६, बुधबार ११:०१