मुक्तिनाथ विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडाै । मुक्तिनाथ विकास बैंकको हकप्रद भर्ने आज असोज १५ गते अन्तिम दिन रहेको छ । बैंकले भदौ १२ गतेदेखि १:०.२ को अनुपातमा २० प्रतिशत हकप्रद खुला गरेको हो।

जस अनुसार बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशनको लागि भिबोर क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । बैंकले हकप्रद निष्काशनको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन ३० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्व ६ करोडमा हकप्रदपछि बैंकको चुक्ता पुंजी ३ अर्ब ६७ करोड ७७ लाख पुग्ने छ।

प्रकाशित : १५ आश्विन २०७६, बुधबार १०:४१