जनता बैंकको ३ दिने बैंकिङ्क साक्षरता कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंकको ३ दिने बैंकिङ्क साक्षरता कार्यक्रम



काठमाडौं । जनता बैंक र नेपाल रेडक्रस सोसाइटी कुशादेवी उपशाखा पनौतीले ३ दिने बैंकिङ साक्षरता र आधारभुत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरेको छ ।

बैंक र रेडक्रस सोसाइटी कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा पनौती नगरपालिका २ र ३ मा ३ दिने बैंकिङ साक्षरता तथा आधारभुत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ । बैंकले यहि असोज ११, १२ र १३ गते उक्त कार्यक्रम गरेको हो ।

संयुक्त कार्यक्रममा पनौती नगरपालिका २ र ३ का जनप्रतिनिधि, बैंक पनौती शाखाका कर्मचारी, सोही क्षेत्रका सहकारी, विद्यालयलगायतका करिब १ सय भन्दा बढी वित्तीय साक्षरता प्रशिक्षणमा सहभागी रहेको थियो । त्यसैगरी वडा नं. २ र ३ को दैविप्रकोप जोखिम न्युनीकरण समितिले वडाका भौगोलिक क्षेत्र समेट्ने गरी छनौट गरेका २४ जना सहभागीहरुलाई पाठ्यक्रममा आधारित ३ दिने आधारभुत प्राथमिक तालिम प्रदान गरिएको छ ।

प्रकाशित : १४ आश्विन २०७६, मंगलवार १४:५४