सानिमा बैंकको बोनस शेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकको बोनस शेयरको मूल्य समायोजन



काठमाडौं । सानिमा बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको १० प्रतिशत बोनसमा मूल्य समायोजना गरेको हो । नेप्सेले बोनस पश्चात सानिमाको प्रतिशेयर मूल्य ३१५ रुपैयाँ तोकेको छ । 


सानिमा बैंकले गत आव २०७५/७६ को संचित मुनाफाबाट ११ दशमलव ०५३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

सोही प्रस्ताव पारित गर्न बैंकले असोज २९ गते वार्षिक साधारण सभा गर्दैछ । सभा प्रयोजनका लागि बैंकले सोमबार बुक क्लोज गरेको हो ।

प्रकाशित : १३ आश्विन २०७६, सोमबार १४:४५