एनएमबि बैंकको सबै सेवा अवरुद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको सबै सेवा अवरुद्ध



एनएमबि बैंकको शुक्रबार सबै सेवा अवरुद्ध हुने भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया सम्पन्न गरी शनिबारदेखि एकीकृत कारोबार गर्न लागेकाले शुक्रबार कारोकार अवरुद्ध भएको हो ।

दुवै बैंकको तथ्यांकलाई एकीकृत गरी एउटै कारोबार बैंकिङ सफ्टवेयरबाट कारोबार गर्नुपर्ने भएकाले शुक्रबार सेवा अवरुद्ध भएको बैंकले जनाएको छ ।

एनएमबिले एक सूचना जारी गर्दै बैंकको सम्पूर्ण काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ्ग, एटीएम/पीओएस सेवा, रेमिट्यान्स सेवा तथा बैंकले विद्युतीय माध्यमबाट प्रदान गर्ने सेवालगायत सम्पूर्ण बैंकिङ कारोबार नचल्ने जनाएको छ । एनएमबि बैंकको नामबाट शनिबार (असोज ११ गते) देखि एकीकृत कारोबार हुने भएको छ ।

प्रकाशित : १० आश्विन २०७६, शुक्रबार १०:३९