मुहसर बस्ति निर्माणमा जनता बैंकको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुहसर बस्ति निर्माणमा जनता बैंकको सहयोग



काठमाडाै । २०७४ साउनमा गएको बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ ।

उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १० लाख सहयोग हस्तान्तरण गरिएको छ ।

उक्त रकम आज बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले न्यूज २४ टेलिभिजनका महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गरे ।

बाढी गएपछि २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहतकोष’ खाता संचालन गरिएको थियो ।

नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

उक्त बस्ति मिति २०७५/०७/२७ मा पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट हस्तान्तरण भइसकेको छ ।

प्रकाशित : ९ आश्विन २०७६, बिहीबार १७:२०