जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धकमा राजेश मानन्धर नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धकमा राजेश मानन्धर नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले नायव महाप्रबन्धकमा राजेश प्रसाद मानन्धर नियुक्त गरेको छ । मानन्धरले असोज ५ गतेदेखि उक्त जिम्मेवारी समालेका छन् ।

मानन्धरसँग २७ वर्ष वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ । २०४९ देखि ६५ सालसम्म नेशनल फाइनान्समा काम गरेका मानन्धर पछि क्रमशः कस्मिक मर्चेन्ट, सिएमबी, सिनर्जी हुँदै पछिल्लो समय बेष्ट फाइनान्समा नायव महाप्रबन्धककाे जिम्मेवारीमा थिए ।

वित्तीय क्षेत्रमा झण्डै तीन दशक काम गरेको अनुभवले बीमा क्षेत्रमा केही योगदान गर्न सक्ने विश्वास आफूमा रहेको मानन्धरले बताए । पछिल्लो सयम बीमा क्षेत्रको विकास राम्रो हुँदै गएको छ तर यो क्षेत्रको विकास र विस्तारमा अझै धेरै काम गर्न बाँकी देखिएको उनले बताए ।

उनले शंकरदेव क्याम्पसबाट एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार १४:४४ 25 September, 2019 2:44 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।