बैंक ह्याक प्रकरण : कृषि विकास बैंकका कर्मचारीकै बदमासी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक ह्याक प्रकरण : कृषि विकास बैंकका कर्मचारीकै बदमासी



काठमाडाै । कृषि विकास बैंकको डेढ करोड भन्दा बढी रकम व्यक्तिको खातामा राख्दा बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग भएको खुलेको छ ।

कृषि विकास बैंक लहान शाखाका एक जना कर्मचारीको कम्प्युटरबाटै रकम अर्को खातामा पठाइएको भेटिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।

बैंक स्रोतका अनुसार सिरहाको लहानस्थित शाखाका कर्मचारीले प्रयोग गर्ने पासवर्डमार्फत सात जना ग्राहकको खातामा पैसा जम्मा भएको हो । बैंकमा रकम जम्मा गर्दा पासवर्ड प्रयोग गरिन्छ । त्यस्तो पासवर्ड धेरै कर्मचारीले प्रयोग गरिरहेका हुन्छन् ।

उक्त पासवर्डबाट असोज ५ गते १ करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारिएको थियो । उक्त समूहले त्यसपछि देशका विभिन्न ठाउँबाट जम्मा गरिएको रकम निकालेको थियो ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार १३:२२