प्राइम लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित



प्राइम लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित भएको छ । मंगलबार सम्पन्न कम्पनीको विशेष साधारणसभाले लाभांश पारित गरेको हो ।

कम्पनीको विशेष साधारणसभाले हालको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । यस संगै कम्पनीको चुक्ता पुँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । विशेष साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ । कम्पनीले नियमनकारी निकाय बिमा समितिको निर्देशन अनुसार चुक्ता पुँजी कायम गर्न विशेष साधारण सभा बोलाएको हो ।

कम्पनीले विभिन्न १६ किसिमका जीवन बिमालेखहरु प्रचलनमा ल्याएको छ । २०७६ भदौ मसान्तसम्ममा १६ लाख ९० हजार बिमालेख बिक्री गरी कुल १५ अर्ब ३१ करोड बिमा शुल्क संकलन गरेको छ र जिवन विमाकोषको आकार ८ अर्ब ९० करोड पुगेको छ ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार १३:०८