गुराँस लघुवित्तको लाभांश प्रस्ताव संशोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गुराँस लघुवित्तको लाभांश प्रस्ताव संशोधन



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव संशोधन भएको छ । कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत वर्षको नाफाबाट ७ दशमलव ६१ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव ४० प्रतिशत नगद दिने प्रस्ताव गरेको छ ।
यसअघि कम्पनीले ८ दशमलव ३८७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४४१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्तावित गरेको लाभांशका बारेमा नेपाल राष्ट्र बैंकसँग भएको छलफल र सुझाव अनुसार लघुवित्तले लाभांश दर संशोधन गरेको हो ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार १३:०३