एनआरएनए अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनआरएनए अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी



लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए)का वरिष्ठ उपाध्यक्ष कुल आचार्यले नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनएको निर्वाचन नजिकिदै गर्दा आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आचार्यले बेलायतलाई कर्मथलो बनाएर एनआरएनएका अधिकांश कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

आचार्यले लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएलाई समयानुकूल परिवर्तन गर्नुपर्ने भएकाले आफूले उम्मेदवारी दिएको बताए । मध्यपूर्वमा श्रम गर्ने गैर आवासीय नेपाली श्रमिकदेखि युरोप अमेरिकामा हुर्कीरहेको नयाँ पुस्ता लगायत प्रावासमा रहेका हरेक नेपालीलाई गैर आवासीय नेपाली अभियानमा जोश, मातृभूमिको समृद्धि र कर्मभूमिमा उत्थानका लागि दत्तचित्त भएर कर्म गर्ने बाचा उनले गरेका छन् ।

बेलायत लगायत युरोपका देश गैर आवासीय नेपाली संघका अग्रजहरू, नेपाली समुदायका अगुवाहरू र पत्रकारको उपस्थित कार्यक्रम गरेर आचार्यले अध्यक्षको प्रत्याशी भएको जनाएका हुन् ।

‘गतिशील एनआरएनए, भिजनरी नेत्रित्व’ भन्ने नारा सहित आफ्ना आगामी कार्ययोजना प्रस्तुत गर्दै आचार्यले विदेशमा रहेका हरेक नेपालीको ‘हाम्रो एनआरएनए, राम्रो एनआरएनए’ सफल बनाउने अभियानलाई साथ र समर्थन दिएर गैर आवासीय संघको आगामी अध्यक्षमा निर्वाचित गरिदिन उनले अपील गरेका छन् ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार १२:५९