नेप्सेमा फेरि गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा फेरि गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा फेरि गिरावट आएको छ । सोमबार नेप्सेमा सामान्य सुधार भएको भए पनि मंगलबार गिरावट आएको हो ।

सोमबार नेप्से ६.४२ अंकले घटेर ११३४.५६ बिन्दूमा झरेको छ ।

कुल १७१ वटा कम्पनीको ८ लाख ७३ हजारभन्दा बढी कित्ता शेयर २१ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका समूहमा होटल्, व्यापार र सामूहिक लगानी कोष समूहबाहेक सबै समूह घटेका छन् । मंगलबार शिवम् सिमेन्टको पनि कारोबार भएको छ ।

यस कम्पनीको शेयर ३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । पछिल्ला केही दिनयता शिवम् सिमेन्टको शेयर कारोबार उच्च हुँदै आएको छ । यस दिन खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यस कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । तर, रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रकाशित : ७ आश्विन २०७६, मंगलवार १५:२९