अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु



काठमाडाै । अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मे.वा को निर्माण सम्पन्न गरी मिति २०७६ साल असोज ६ गते देखी सफल परिक्षण कार्य भै सकेको छ ।


परिक्षण प्रसारण पुरा गरी यो आयोजनाले २०७६÷०६÷१० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने अनुमान छ । २०७३÷०६÷१२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको यस आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ ।


यस मध्य सुख्खा महिनामा १.१४ करोड र बर्षातका चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह भई जानेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित : ७ आश्विन २०७६, मंगलवार १३:३१