यी हुन लगानी बोर्डले गरेका महत्वपुर्ण निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यी हुन लगानी बोर्डले गरेका महत्वपुर्ण निर्णय



लगानी बोर्डको ४० औँ बैठक असोज ६ गते सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरबारमा बसेको सो बैठकले निम्न बमोजिमका निर्णय गरेका छन् ।

१) तल्लो अरुण जलविद्युत परियोजना कार्यान्वयनका लागि आशयपत्र पेश गरी तोकिएको मापदण्ड पुरा गरेका प्रस्तावकहरुलाई संक्षिप्त सूचीमा राख्ने । सूचीमा भारतको एसजेभिएल लिमिटेड, नेपालको एचआईडिसीएलसंगको उपक्रममा पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेड र नेपालको ग्रीन रिर्सोसेस प्रा.लि. संगको उपक्रममा जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी नेपाल पर्न सफल ।

२) निजगढ अन्तरराष्ट्रिय विमानस्थल परियोजना सार्वजनिक–निजी साझेदारीमा विकास गर्नको लागि ज्युरिक एयरपोर्ट इन्टरनेशनल एजीलाई संक्षिप्त सूचीमा समावेश गर्ने ।

३) काठमाडौँ उपत्यकामा समग्र यातायातको व्यवस्थापन सम्बन्धी गुरुयोजनाका लागि हालसम्म भएको सम्पूर्ण अध्ययनहरुलाई एकीकृत गरी सोसंग सम्बन्धित प्रतिवेदन लगानी बोर्ड समक्ष पेश गर्न बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्रीको संयोजकत्वमा एक समिति गठन गर्ने ।

४) काठमाडौँ बाहिरी रिङ्गरोड परियोजना सार्वजनिक–निजी साझेदारीमा विकास गर्नका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई संक्षिप्त सूचीमा राख्ने ।

प्रकाशित : ७ आश्विन २०७६, मंगलवार १२:२८