ब्रोकर सेवा शुल्क पुनरावलोकन गर्न बोर्डले गठन गर्यो समिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ब्रोकर सेवा शुल्क पुनरावलोकन गर्न बोर्डले गठन गर्यो समिति



काठमाडाै । नेपाल धितोपत्र बोर्डले २ समिति गठन गरेको छ । बोर्डले ट्रष्टी ऐनको मस्यौदा तयार गर्न बोर्डको नियमन तथा व्यवस्थापन विभाग हेर्ने कार्यकारी निर्देशकको संयोजकत्वमा ५ सदस्यीय र ब्रोकर सेवा शुल्क पुनरावलोकन गर्न बोर्डका नीति, अनुसन्धान तथा योजना महाशाखा हेर्ने उप कार्यकारी निर्देशकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो । 

बजारको स्थायित्व तथा दीर्घकालिन विकासका लागि आवश्यक ट्रष्ट ऐनको मस्यौदा गरी नेपाल सरकार समक्ष प्रस्तुत गर्ने सरकारमार्फत् विधायन प्रक्रियामा लैजाने भन्ने व्यवस्था रहेका कारण सो ऐनको मस्यौदा सम्बन्धी कार्य अगाडि बढाउन समिति गठन गरिएको हो । 

साथै, लगानीकर्ताहरुबाट ब्रोकरले लिने सेवा शुल्क घटाउनुपर्ने गुनासो प्राप्त भएका कारण, सो शुल्कका सम्बन्धमा अन्तरराष्ट्रिय अभ्यास समेत अध्ययन गरी सुझाव पेश गर्न अर्को समिति गठन गरिएको बोर्डले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ७ आश्विन २०७६, मंगलवार १२:०९