स्वास्थ्य बिमा आफैँ बिचरोः अर्बौ रुपैयाँ बर्षेनी फ्रिज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वास्थ्य बिमा आफैँ बिचरोः अर्बौ रुपैयाँ बर्षेनी फ्रिज



स्वास्थ्यमा सर्वव्यापी पहुँच विषयक संयुक्त राष्ट्रसंघीय महासभाको दुईदिने बैठक आइतबार न्युयोर्कमा सुरु भयो । बैठकमा नेपालका तर्फबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपन्द्र यादव सहभागी छन् । तर नेपालमा स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउने स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन अवस्था भने अत्यन्त कमजोर रहेको पाइएको छ ।

सरकारले सन् २०२० सम्म ५० प्रतिशत जनसंख्यालाई स्वास्थ्य सेवा बिमा कार्यक्रममा समेट्ने भने पनि पूर्ण सफलता हासिल नहुने देखिएको छ । विश्वव्यापी स्वास्थ्य सुरक्षा कार्यक्रमको अभिन्न अंगका रुपमा मानिएको यो कार्यक्रम प्रभावकारी कार्यान्वयन, सेवा विस्तारमा कमी र विमित बर्सेनि गर्नुपर्ने नवीकरण गर्न अनिच्छुक देखिएपछि समस्यामा परेको छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

प्रकाशित : ६ आश्विन २०७६, सोमबार ०७:४५