सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद शेयर कस्ले भर्न पाउछन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद शेयर कस्ले भर्न पाउछन ?



काठमाडौं । सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद शेयर असोज ५ गतेसम्म कायम सदस्यले मात्र भर्न पाउनेछन् ।

कम्पनीले हकप्रद प्रयोजनका लागि असोज ६ गते बुक क्लोज गर्ने भएको हो ।


कम्पनीले असोज १७ गतेदेखि कात्तिक २१ गतेसम्म १० बराबर ६ को अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । ४६ करोड ७ लाख ८२ हजार चुक्ता पुँजी रहेको यस कम्पनीको ६० प्रतिशत हकप्रदपछि ७३ करोड ७२ लाख ५१ हजार पुग्नेछ ।

यस हकप्रदलाई इक्रा नेपालले अ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : ५ आश्विन २०७६, आईतवार १६:४७