बैंक अफ काठमाण्डूका पूर्व सीइओ अजय श्रेष्ठसहित ६ जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमाण्डूका पूर्व सीइओ अजय श्रेष्ठसहित ६ जना पक्राउ



बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजय श्रेष्ठसहित ६ जना कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उनीहरुलालई प्रहरीले विभिन्न समयमा पक्राउ गरेको हो ।

प्रहरीले पूर्वसीइओ श्रेष्ठलाई गत शुक्रबार नियन्त्रणमा लिएको सीआइबीले जनाएको छ ।

झापाको बिरिग खोला बगरको जग्गालाई धितोमानी ऋण प्रवाह गरेको र अन्य जग्गाहरूको हकमा पनि ऋण प्रवाह गर्दा कम मूल्याङ्कन गरेको भेटिएपछि ऋणी, बैंकका सीईओ, कर्मचारी र भ्यालुएटरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न शुरू गरिएको बताइएको छ। पूर्व सिईओसँगै बैंकको वहालवाला तीनजना कर्मचारी पनि पक्राउ परेका छन्।

प्रकाशित : ५ आश्विन २०७६, आईतवार १२:१८