सनराइज बैंकद्वारा वृक्षारोपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकद्वारा वृक्षारोपण



काठमाडौं । सनराइज बैंकले आफ्नो १२ औं वाषिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा वृक्षाकार्यक्रम आयोजना गरेको छ ।

बैंकले काठमाडौको बुढानिलकण्ठस्थित राधा कृष्ण मन्दिरबाट कार्यक्रमको सुरुवात गरेको थियो ।

कार्यक्रमको उद्घाटन बैंकका अध्यक्ष मोतीलाल दुगडले गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका सञ्चालकलगायत बैंकका अन्य पदाधिकारीले पनि बृक्षरोपण गर्नुभएको थियो ।

सोही दिन बैंकले विराटचोक, जनकपुर, सुन्दरबजार, मणिग्राम, सानीभेरी र डडेलधुरा शाखाबाट पनि बृक्षारोपण कार्यक्रम गरेको थियो ।

बंैकले असोज महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दै जाने जनाएको छ ।

प्रकाशित : ५ आश्विन २०७६, आईतवार ११:५४