कुमारी बैंकको ३ अर्बको ऋणपत्रमा रेटिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको ३ अर्बको ऋणपत्रमा रेटिङ



काठमाडौं । कुमारी बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ । ऋणपत्र ल्याउन रेटिङ गराएपनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।

प्रकाशित : ३ आश्विन २०७६, शुक्रबार ११:२९