यी स्थानमा पाईन्छ नयाँ नाेट साट्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यी स्थानमा पाईन्छ नयाँ नाेट साट्न



काठमाडौ । नेपाल राष्ट्र बैंकले ३ वटा सरकारी बैंकका विभिन्न विभिन्न शाखाहरुबाट दशैंको नयाँ नोट साट्ने व्यवस्था गरेको छ । यस अघि नै असोज १० देखि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको केन्द्रीय बैंकले सरकारी बैंकका शाखाहरुबाट पनि नोट साट्न सकिने व्यवस्था मिलाएको हो ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै दसैं र तिहारका लागि असोज १० गतेदेखि उपत्यकाका २५ बढी शाखाहरुबाट नोट साट्ने व्यवस्था गरिएको जनाएको हो । यसका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार २०:४७