एनआईसी एसिया बैङ्कले सेयरधनीलाई १ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एसिया बैङ्कले सेयरधनीलाई १ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ लाभांश वितरण गर्ने



काठमाडौं । एनआईसी एसिया बैङ्कको सेयरधनीलाई १ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ लाभांश वितरण गर्ने भएको छ ।

बैङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत अर्थात ९७ करोड ६४ लाख रुपैयाँ नगद लाभांश र १० प्रतिशत बोनस सेयर अर्थात ८८ करोड ३४ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो ।

लाभांश पारित गर्न बैङ्कले असोज १० गते २२ औं साधारणसभा बोलाएको छ । बोनस सेयर वितरणपछि बैङ्कको चुत्तापुँजी ९ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।

अहिले ८ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ चुत्तापुँजी छ । साधारणसभाले पुँजीवृद्धिको प्रस्तावलाई स्वीकृत गर्नेछ । गत आर्थिक वर्षमा एनआईसी एसियाले ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार १५:१२