नेशनल माइक्रोफाइनान्सले सेयरधनीलाई ८० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेशनल माइक्रोफाइनान्सले सेयरधनीलाई ८० प्रतिशत लाभांश दिने



नेशनल माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ८० प्रतिशत लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको असोज २ गते बिहीबार सम्पन्न बैठकले ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार १२:४४