जनता बैंकद्धारा बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंकद्धारा बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण



काठमाडौ । दोर्दी गाउँपालिका हिले बजार स्थित फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई जनता बैंकको तर्फबाट स्कुल ब्याग वितरण गरिएको छ । लमजुङ जिल्लाको विकट भौगोलिक अबस्थितिमा रहेको यस विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा७ सम्मका २०६ जना विद्यार्थीहरुलाई स्कुल ब्यागप्रदान गरिएको हो ।

४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई ब्याग वितरण गर्नुभएको थियो ।


जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ । बैंकले विगतबर्षहरु देखिनै ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई विभिन्न प्रकारको छात्रवृत्तिको ब्यबस्था गर्नुको साथै शैक्षिक सामाग्रीहरु प्रदानगर्दै आइरहेको छ ।


जनता बैंकले हाल देश भरीबाटगरि कूल १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, ३ एक्स्टेन्सनकाउण्टर र २ सिमत बैंकिङ इकाईबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले अत्याधुनिक प्रविधि युक्त मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार १२:३६