उन्नति माइक्रोफाईनान्सले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उन्नति माइक्रोफाईनान्सले गर्यो लाभांश घोषणा



काठमाडाै । उन्नति माइक्रोफाईनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बेलुका बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

बैठकले लगानीकर्तालाई ३८.६० प्रतिशत बोनस शेयर र २.०३ प्रतिशत नगद लाभांश गरि कुल ४०.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ८ करोड ८२ हजार ७५ लाख रहेको छ ।

प्रकाशित : २ आश्विन २०७६, बिहीबार १२:२४